
सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित एक पशुपन्छी फार्ममा विद्युत् सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो।
घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन् भने ६ वटा घाइते भएका छन्।
आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएका छन्। उनको चौतारा अस्पतालमा उपचार भएको छ।
प्रकाशित: ११ भदौ २०८२ १३:२४
प्रतिक्रिया