एक वर्षमा तीन हजार घरधुरीमा खानेपानी विस्तार

हिमाल प्रेस ११ भदौ २०८२ ८:४१
4
SHARES
एक वर्षमा तीन हजार घरधुरीमा खानेपानी विस्तार

तनहुँ- एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो ।

कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, संघ सरकार सशर्त कार्यक्रमबाट २२६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ। अघिल्लो आवमा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो।

आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चार हजार ३०० घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले बताए। कार्यालयका लागि आव २०८१/८२ मा पुँजीगततर्फ ४३ करोड दुई लाख रुपैयाँ बजेट विनियोजन भएकामा ३९ करोड ४६ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ। रासस

प्रकाशित: ११ भदौ २०८२ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast