दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर क्याम्पसका स्ववियु सभापतिको निधन

हिमाल प्रेस ११ भदौ २०८२ ८:२७
40
SHARES
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर क्याम्पसका स्ववियु सभापतिको निधन

काठमाडौँ- दोलखामा मोटरसाइकल दुर्घटनामा परेर गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिरिष बस्नेतसहित दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमेश्वर नगरपालिका–६ रमिटेडाँडामा गएराति करिब ९ बजे बा ५३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार २४ वर्षीय बस्नेत र २६ वर्षीय श्यामबहादुर खत्री ‘सुजन’ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा दुवैको चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा मृत्यु भएको हो ।

बस्नेत भीमेश्वर–५ माटीका स्थानीय हुन् भने खत्री बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका हुन्। उनीहरू चरिकोटतर्फ जाँदै गर्दा लामोसाँघु–जिरी सडकखण्डमा बा प्र ०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएका थिए।

मोटरसाइकल चालक बैतेश्वर–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शिरिष बस्नेत एमाले निकट अनेरास्ववियुको तर्फबाट सभापतिमा निर्वाचित भएका थिए।

प्रकाशित: ११ भदौ २०८२ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast