ऊर्जामन्त्री खड्का र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस १० भदौ २०८२ १८:३७
12
SHARES
ऊर्जामन्त्री खड्का र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच शिष्टाचार भेट भएको छ।

ऊर्जा मन्त्रालयमा आज (मंगलबार) भएको भेटमा द्विपक्षीय सहकार्यका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ। भेटमा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म कोरियामा हुन लागेको ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेसन कन्फरेन्स (जीआईसिीसी) २०२५ को तयारीसम्बन्धी विषयमा समेत छलफल भएको थियो।

सो अवसरमा राजदूत योङले कन्फरेन्समा हालसम्म ३५ देशले सहभागिता जनाउने गरिसकेको जानकारी दिएका थिए। उक्त कन्फरेन्समा नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न यसलाई महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरे।

भेटमा अपर त्रिशूली–१ जलविद्युत् आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमा समेत छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिबद्धता जनाए। उनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ बढी कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गरे। रासस

प्रकाशित: १० भदौ २०८२ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast