
काठमाडौँ- प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन्। उनले केहीबेरअघि राजीनामा दिएको प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता रामहरि खतिवडाले पुष्टि गरे।
संसदीय सुनुवाइ समिति प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति हो। खतिवडाका अनुसार कांग्रेसले न्यौपानेलाई प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउँदैछ। उनी सत्तारुढ दलको तर्फबाट उम्मेदवारी दिने तयारी गरेकी छन्।
प्रकाशित: १० भदौ २०८२ १४:१५
प्रतिक्रिया