
काठमाडौँ- नेपाली क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा खेलेको दोस्रो अभ्यास टी२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ९६ रनमा समेटेको छ। टस जितेर सुरुवातमा बलिङ रोजेको नेपाली टिमले १७ दशमलव २ ओभरमा एसीटीलाई अलआउट गरेको हो।
नेपालका लागि दीपेन्द्र ऐरी र सहाव अलामले ४-४ विकेट लिए। कप्तान रोहित पौडेलले १ विकेट लिए। एसीटीका लागि निक ब्रोएसले १६, ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५ तथा जेक स्मिथले १० रन बनाए । यसअघि यही टिमलाई नेपालले आजै हराएको छ। अबको केही बेरमा नेपालले जबाफी ब्याटिङ गर्दैछ।
प्रकाशित: १० भदौ २०८२ ११:२९
प्रतिक्रिया