
काठमाडौँ- प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ।
मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ। सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ।
राज्यव्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ। तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए।
प्रकाशित: १० भदौ २०८२ ११:०२
प्रतिक्रिया