
काठमाडौँ- आज तीज। मौसम पूर्वानुमान महाशाखाले आजको पनि मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ। आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम लगायत देशको पहाड भूभागका थोरै स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति देशको पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
प्रकाशित: १० भदौ २०८२ ६:२७
प्रतिक्रिया