पर्वतमा एक वर्षमै जोडियो १ हजार ९ सय घरमा धारा

हिमाल प्रेस ९ भदौ २०८२ २०:०३
पर्वतमा एक वर्षमै जोडियो १ हजार ९ सय घरमा धारा

पर्वत- गत आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा १ हजार ९ सय घरधुरीमा धारा जडान गरिएको छ।

जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो। सरकारको लक्ष्य अनुसार खानेपानीको पहुँच विस्तार गरिएको खानेपानी तथा सरफाइ डिभिजन कार्यालयले जनाएको छ। योसँगै जिल्लाका १८ हजार २०० घरधुरीमा धाराको पहुुँच पुगेको छ।

कार्यालयका अनुसार गत आवमा सञ्चालनमा रहेका प्रदेशतर्फका ७४ आयोजना सम्पन्न भएका छन्। प्रदेश सरकारतर्फका योजनाबाट एक हजार २४२ घरधुरीमा धारा जडान गरिएका छन्। संघीय शसर्त अनुदानतर्फका १८ वटा आयोजनाबाट ५५४ घरधुरीमा धारा जडान गरिएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार पुनःस्थापना कार्यक्रमअन्तर्गतका १८ वटा आयोजना सम्पन्न गरी थप ९६ घरधुरीमा धारा जडान गरिएको छ। खानेपानीको पहुँच पुगेपछि उपभोक्ताहरु हर्षित बनेका छन्। विगतमा खोला, कुवा, पँधेरा इनारलगायतका स्रोतबाट पानी उपभोग गर्ने गरेका नागरिकको घरमै धारा जडान गरिएको हो।

खानेपानी योजनाका लागि गत आर्थिक वर्षमा कार्यालयले प्रदेशतर्फबाट १२ करोड ३९ लाख बजेट प्राप्त गरेको छ। जसमध्ये १ करोड ८९ लाख खर्च भइसकेको कार्यालय प्रमुख पौडेलले बताए। संघीय शसर्त अनुदानबाट १ करोड ५९ लाख बजेटमा १ करोड ५२ लाख खर्च गरेको हो। पुनःस्थापना कार्यक्रमका लागि प्राप्त १ करोड आठ लाख बजेटमा १ करोड तीन लाख खर्च गरेर आयोजना सम्पन्न भएको जनाइएको छ।

कार्यालयले स‌ंघीय र प्रदेश गरी कुल १५ करोड ६ लाख बजेटमा १४ करोड ८६ लाख खर्च गरी कूल ९८ प्रतिशत प्रगति हासिल गरेको डिभिजन प्रमुख पौडेलले बताए। ३५ हजारभन्दा बढी घरधुरी रहेको पर्वतमा १७ हजार घरधुरीमा धारा जडान बाँकी छ। रासस

प्रकाशित: ९ भदौ २०८२ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast