राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ : थापा

हिमाल प्रेस ९ भदौ २०८२ १७:०९
14
SHARES
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ : थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्व अब अलमल र व्यक्तिगत महत्वाकांक्षाबाट मुक्त हुनुपर्ने बताएका छन्।

कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’ द्वारा लिखित मुक्तक संग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा उनले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिए।

‘२०८४ मा मेरो पालो आउँलारनआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘डर र लोभबाट टाढा रहनुपर्छ। बरु पाँच वा दश वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन। महत्वाकांक्षी धेरै राख्नु हुँदैन।’

नेता थापाले सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै कवि शाहीको मुक्तक संग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

संस्थाका अध्यक्ष मनोजमणि अधिकारीले लोकतन्त्र र साहित्यबीच गहिरो सम्बन्ध रहेको बताउँदै यस कृतिले साहित्यप्रेमीलाई नयाँ दृष्टिकोण दिने अपेक्षा व्यक्त गरे।

कवि शाहीले आफ्नो मुक्तक संग्रहमा जीवनका विविध आयाम, संघर्ष र अनुभूतिलाई समेट्ने प्रयास गरिएको बताए।

प्रकाशित: ९ भदौ २०८२ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast