राज्य व्यवस्था समितिको सभापतिका लागि भदौ ११ गते निर्वाचन

हिमाल प्रेस ९ भदौ २०८२ १५:४०
14
SHARES
राज्य व्यवस्था समितिको सभापतिका लागि भदौ ११ गते निर्वाचन

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ।

सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम सभापतिको निर्वाचनको मिति भदौ ११ गतेका दिन ताकेको संसद सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले जानकारी दिए।

कुनै पनि समितिको सभापति रिक्त भएमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्थाका आधारमा सभामुखले निर्वाचनको मिति तोकेको उनले बताए। प्रवक्ता गिरीले अब भदौ ११ गते राज्य व्यवस्था समितिले सभापति पाउने निश्चित भएको जिकिर गरे।

रामहरि खतिवडाले राजीनामा दिएपछि राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ। संघीय निजामती सेवा विधेयकमा पारित गर्ने क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानी भएको पाइएपछि गठन भएको छानविन समितिले नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले सभापति पदबाट राजीनामा दिएका थिए।
सभामुख घिमिरेले समिति सभापति चयन गर्न निर्वाचनको मिति तोके पनि नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाएको छैन। समितिमा रहेका सदस्यमध्येबाट सभापतिको उम्मेदवार बनाउने तयारी कांग्रेसले गरेको बताइएको छ।

प्रकाशित: ९ भदौ २०८२ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast