विष्णु माझीको ‘म त नराउरी’ यस वर्षको सर्वाधिक चर्चित तीज गीत

हिमाल प्रेस ९ भदौ २०८२ १३:०५
24
SHARES
विष्णु माझीको ‘म त नराउरी’ यस वर्षको सर्वाधिक चर्चित तीज गीत

काठमाडौँ- लोकप्रिय लोकगायिका विष्णु माझीको स्वरमा ‘म त नराउरी’ बोलको गीत यस वर्षको सर्वाधिक हेरिने तीज गीत बनेको छ। १२ दिनअघि सार्वजनिक भएको यो गीतले छोटो अवधिमै युट्युबमा ७३ लाख भ्युज पाउँदै सबैभन्दा अगाडि पुगेको हो। यो समाचार तयार गर्दासम्म उक्त गीतलाई ७,३३७,८३० पटक हेरिएको छ।

विगतका वर्षझैं यसपालि पनि विष्णुको गीतले छोटो समयमै प्राप्त गरेको भ्युजले उनीप्रति दर्शकश्रोताको आकर्षण मजबुत भएको देखाएको छ। केही दिनअघि एलिना चौहानको ‘छोरीको शिर आमा’ भ्युजमा अगाडि थियो। तर हालसम्म सो गीतले ६,१८४, १०६ भ्युज पाएको छ। यसरी विष्णुको गीत १२ लाख बढी भ्युजका साथ अग्रस्थानमा पुगेको हो।

विष्णुको यो गीत ‘पुतलीको भट्टी’ भाग २१ मा समावेश गरिएको छ जसमा विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द तथा संगीत भरेका छन्। कोरियोग्राफर मौसम हिमालीको संयोजनमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई एकसाथ नचाइएको दृश्य विशेष आकर्षण बनेको छ। सिनेम्याटोग्राफी शम्भु चालिसे र सम्पादन प्रविण भट्टले गरेका छन् भने सार्वजनिक भिडियोमा मोडल ललिता पौडेलको अभिनय देखिन्छ।

उक्त गीतमा हालसम्म गरिएको १४, ३९८ प्रतिक्रियाअनुसार विष्णु नेपाली लोकसंगीतकी अद्वितीय नक्षत्र मानिन्छिन्। उनको स्वरमा रहेको मिठास, सरलता र मौलिकताले उनलाई लाखौँ श्रोतादर्शकको मनमा विशेष स्थान दिलाएको छ। श्रोतादर्शकको भनाइमा विष्णु माझी केवल एक गायिका मात्र नभई नेपाली तीज गीत परम्परालाई निरन्तरता दिने धरोहर पनि हुन भन्ने ‘म त नराउरी’ ले प्रमाणित गरेको छ।

प्रकाशित: ९ भदौ २०८२ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast