
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सोही सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्य भने बढेको छ।
आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित: ९ भदौ २०८२ १०:५४
प्रतिक्रिया