
काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले आज आजको बाढीको सम्भावित विवरण सार्वजनिक गरेको छ। यात्रामा निस्कनेका लागि सचेत हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।
बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर दिउँसो बढ्ने सम्भावना छ।
आज धादिङ, नुवाकोट, लमजुङ र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ। जसका कारण आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।
आज ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बाढी महाशाखाले जनाएको छ।