बंगलादेश र पाकिस्तान सम्बन्ध बिस्तार गर्दै, युद्धबारे क्षमा याचना भएन

हिमाल प्रेस ८ भदौ २०८२ २०:१४
30
SHARES
बंगलादेश र पाकिस्तान सम्बन्ध बिस्तार गर्दै, युद्धबारे क्षमा याचना भएन तस्बिर : एफपी

काडमाडौँ– सन् १९७१ मा विभाजित भएपछि कटु सत्रु बनेका बंगलादेश र पाकिस्तानबीच व्यापार वृद्धिलगायत लामो समयदेखि तनावपूर्ण सम्बन्धलाई मजबुत बनाउन आइतबार सहमति भएको छ। ढाकाका अनुसार युद्धको क्रममा भएको ज्यादतीका लागि इस्लामाबादले माफी माग्नुपर्ने आफ्नो पूरानो अडानबारे भने सम्बोधन हुन सकेको छैन।

युद्धका क्रममा गरिएको ज्यादती दुई देशबीचको सम्बन्धका लागि एउटा प्रमुख मुद्दा हो। उक्त युद्धका कारण पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बनेको थियो। सन् २०१२ देखि ढाकाको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ पाकिस्तानी अधिकारी विदेशमन्त्री इशाक डारले भने, ‘हाम्रा दुई देशका जनताका लागि राम्रो गर्ने सम्भावना र क्षेत्र अथाह छ।’

सन् १९७१ को युद्धमा पाकिस्तानी सेनाले हालको बंगलादेशका लागि लडेका स्वतन्त्र सेनानीमाथि व्यापक ज्यादती भएको आरोप लागेको थियो। बंगलादेशको अनुमानअनुसार युद्धमा लाखौँ मानिस मारिएका थिए र ढाकाले अझै पनि इस्लामाबादले हत्याका लागि माफी माग्नुपर्ने माग गरिरहेका छन्।

ढाकाका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले माफी माग्ने विषय नसुल्झिएको तर दुई देशबीचको सम्बन्ध लाई मजबुत बनाउन सहमति भएको बताए। हुसेनले भने, ‘बाँकी रहेका मुद्दाहरू समाधान गरिनुपर्छ भन्नेमा हामी सहमतिमा पुगेका छौँ। हामीले ती मुद्दा हाम्रो सम्बन्धमा बाधकको रूपमा खडा नहोऊन् भन्ने चाहन्छौँ।’

व्यापार र आर्थिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै सांस्कृतिक आदानप्रदानलाई बढावा दिनका लागि सम्झौताहरूमा हस्ताक्षर गरिएको छ। विश्लेषकहरूका अनुसार गत मे महिनामा पाकिस्तानसँग चार दिनसम्म चलेको द्वन्द्वलाई छिमेकी मुलुक भारतले अध्ययन गरिरहेको छ।

सन् २०२४ को अगस्तमा बंगलादेशमा भएको जनविद्रोहले प्रधानमन्त्री शेख हसिनाको निरंकुश शासनको अन्त्य गरेपछि ढाका र नयाँ दिल्लीबीचको सम्बन्धमा चिसोपना आएको थियो।-रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast