यस्तो छ विधेयकमा शिक्षक बढुवाका आधार, सर्त, क्षेत्र

हिमाल प्रेस ८ भदौ २०८२ १७:५१
1.4k
SHARES
यस्तो छ विधेयकमा शिक्षक बढुवाका आधार, सर्त, क्षेत्र संघीय संसद् भवन नयाँबानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा ‘ विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्दै। तस्बिरः किरणराज विष्ट /रासस

काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि लामो छलफल गरी प्रतिवेदन तयार गरेर प्रतिनिधिसभामा पेस गरेको छ। समितिले तयार पारेको प्रतिवेदनमा सामुदायिक विद्यालयका शिक्षकहरूको बढुवासम्बन्धी व्यवस्था समावेश गरिएको छ।

प्रतिवेदनअनुसार शिक्षकको बढुवा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनका आधारमा हुने व्यवस्था गरिएको छ। बढुवाका लागि उम्मेदवारले कम्तीमा पाँच वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने र तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, कार्यसम्पादन मूल्यांकनलाई वार्षिक रूपमा अनिवार्य गर्ने प्रावधान राखिएको छ। शिक्षकको स्व–मूल्यांकन, सुपरिवेक्षकको मूल्यांकन, पुनरावलोकनकर्ता तथा पुनरावलोकन समितिको मूल्यांकनलाई आधार मानिनेछ। यसमा शिक्षण सिकाइ सुधार, विद्यार्थीको उपलब्धि, तालिम, अनुसन्धान तथा नवप्रवर्तनात्मक कार्यलाई समेत मूल्यांकनको आधार बनाइएको छ।

समितिले पेस गरेको प्रतिवेदनमा जेष्ठता, शैक्षिक योग्यता, तालिम र कार्यसम्पादन मूल्यांकनबाट बढी अंक प्राप्त गर्ने शिक्षकलाई बढुवामा प्राथमिकता दिने व्यवस्था स्पष्ट पारिएको छ। साथै, शिक्षकले लैङ्गिक वा जातीय भेदभाव गर्न नपाउने र विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नपाउने प्रावधानलाई पनि प्रतिवेदनमा जोड दिइएको छ।

शिक्षक बढुवाका आधार

आन्तरिक प्रतियोगिता

जेष्ठता र कार्यसम्पादन मूल्यांकन

कार्यक्षमताको मूल्यांकन

बढुवाको लागि न्यूनतम शर्त

बढुवा हुने तहभन्दा तल्लो तहमा कम्तीमा ५ वर्ष सेवा गरेको हुनुपर्छ।

बढुवा हुने तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्छ।

ऐन लागू हुँदा स्थायी शिक्षक भएमा सेवा प्रवेशका बेला तोकिएको योग्यता नै मानिने।

बढुवाको आधार क्षेत्र

आधारभूत तह (कक्षागत) → जिल्लागत आधार

आधारभूत (विषयगत) तथा माध्यमिक तह → प्रदेशगत आधार

अयोग्य हुने अवस्था (बढुवा रोकिने)

पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकनमा ८०% नपुगेमा।

सेवाकालीन १ महिनाको तालिम नलिएको भए।

निलम्बन भएको अवधिभर।

तलब वृद्धि रोकेको अवधिभर।

नसिहत पाएको वर्ष।

बढुवा सिफारिस गर्दा जेष्ठता निर्धारण

हालको पदमा सिफारिस भएको मिति

त्यो नछुट्टिएमा, तल्लो पदमा सिफारिस भएको मिति

त्यसमाधि नछुट्टिएमा योग्यताक्रम 

अझै नछुट्टिएमा उच्च शैक्षिक योग्यता

त्यसमा पनि नछुट्टिएमा शैक्षिक प्राप्ताङ्क प्रतिशत

अझै नछुट्टिएमा उमेरको जेष्ठता

अन्तिममा आयोगले तोकेको आधार

कार्यक्षमताको मूल्यांकन 

जेष्ठता → निश्चित अंक

कार्यसम्पादन मूल्यांकन → निश्चित अंक

शैक्षिक योग्यता → निश्चित अंक

तालिम → निश्चित अंक

सबैभन्दा बढी अंक ल्याउने उम्मेदवार बढुवा पाउने।

कार्यसम्पादन मूल्यांकन (१०० पूर्णाङ्क)

स्व-मूल्यांकन → ६०

सुपरिवेक्षक → २५

पुनरावलोकनकर्ता  → ५

पुनरावलोकन समिति  → १०

मूल्यांकनका आधार

वार्षिक शैक्षिक योजना तयार र कार्यान्वयन

दैनिक पाठ योजना

शैक्षिक सामग्री निर्माण र ICT प्रयोग

विद्यार्थी मूल्यांकन र सुधारात्मक गतिविधि

विद्यालयमा अतिरिक्त जिम्मेवारी

नवप्रवर्तनात्मक कार्य, कार्यमूलक अनुसन्धान

विद्यार्थीको सिकाइ उपलब्धि

बालमनोविज्ञान र बालमैत्री व्यवहार

पेशागत निष्ठा, आचारसंहिता पालना

शैक्षिक गुणस्तरमा जिम्मेवारी

शिक्षण विधि छनोट र प्रयोग क्षमता

अभिभावकसँग सम्पर्क र गुनासो व्यवस्थापन क्षमता

 अन्य विशेष प्रावधान

विशिष्ट श्रेणीको शिक्षक पदावधि → ५ वर्ष

“१५ वर्ष” भन्ने ठाउँमा “७ वर्ष” राखिएको संशोधन

शिक्षकले लैङ्गिक वा जातीय भेदभाव गर्न नपाउने,
विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नपाउने।

प्रकाशित: ८ भदौ २०८२ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast