‘मालती मंगले’ को कार्यशालामा काेकाे कलाकार सहभागी भए?

हिमाल प्रेस ८ भदौ २०८२ १६:०३
6
SHARES
‘मालती मंगले’ को कार्यशालामा काेकाे कलाकार सहभागी भए?

काठमाडौँ- फिल्म ‘मालती मंगले’ को कार्यशाला काठमाडौँमा भइरहेको छ। फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा कार्यशाला चलिरहेको छ।

निर्माण टिम यही भदौबाट फिल्मको छायांकन गर्ने तयारीमा छन्। कार्यशालामा कलाकार विजय बराल, वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेशजंग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकार सहभागी छन्।

कार्यशालाको क्रममा अभिनेता विजय बरालले फिल्मले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पात्रलाई अझ नजिकबाट बुझ्न यो कार्यशालाले ठुलो मद्दत पुर्‍याएको छ। दर्शकले आफ्नो कथा पर्दामा देखेझैँ अनुभूति गर्नेछन्।’

अभिनेत्री वर्षा राउतले आफूलाई पात्रमा ढाल्ने अवसरका रूपमा कार्यशालालाई लिएको बताइन्। उनले भनिन्, ‘यो फिल्म पारिवारिक भावनासँग जोडिएको छ। कार्यशालाले पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु।’

‘मालती मंगले’ प्रकु पाण्डेयको निर्देशनमा बन्नेछ। फिल्मको कथा पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद गुरागाईंले तयार पारेका छन्।

फिल्म तनहुँ र स्याङ्जाका विभिन्न भूभागमा छायांकन गरिने कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। फिल्म महेश पौडेलले छायांकन गर्नेछन्।

फिल्मकाका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन्। सह निर्माता रविन श्रेष्ठ र बाबु सुवेदी छन्। फिल्म रानी म्युजिक इन्टरनेसनलको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ।

प्रकाशित: ८ भदौ २०८२ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast