
काठमाडौँ- आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य वृद्धि भएको हो।
जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सोही सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो। शनिबार भने महासंघले मूल्य तोक्ने गरेको छैन।
आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको हो।
प्रकाशित: ८ भदौ २०८२ ११:१५
प्रतिक्रिया