कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवकाे तेस्रो संस्करणमा ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता हुने

हिमाल प्रेस ८ भदौ २०८२ ११:०३
10
SHARES
कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवकाे तेस्रो संस्करणमा ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता हुने

काठमाडौँ- कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो संस्करणमा ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता हुने भएको छ। महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीका लुकेका कथा, इतिहास, संस्कृति र सामाजिक यथार्थलाई फिल्ममार्फत उजागर गर्न यो अभियान सुरु गरिएको बताए।

उनकाअनुसार महोत्सव अन्तर्गत सुरु गरिएको फिल्म स्टोरी बैंक प्रतियोगितामा नेपाल वा विदेशमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन्। प्रस्तुत गरिएको कथा मौलिक हुनुका साथै पहिले कतै प्रकाशित वा फिल्ममा प्रयोग नभएको हुनुपर्नेछ।

कथा कर्णालीको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित हुनुपर्नेछ। प्राप्त मध्ये उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट १५ कथाका लेखकलाई चलचित्र स्क्रिप्ट लेखन तालिम दिइनेछ। तीमध्ये छनोट गरिएका उत्कृष्ट कथालाई फिल्म निर्माणमा समावेश गरिनेछ र लेखकलाई ‘कथा लेखक’को श्रेयसहित उचित पारिश्रमिक पनि दिइनेछ।

कथा पेस गर्ने अन्तिम म्याद आगामी पुस १६ सम्म तोकिएको छ। नतिजा २०८२ साल माघ १८ मा सार्वजनिक गरिनेछ। फिल्म स्क्रिप्ट लेखन तालिम २०८२ फागुन १३ मा हुने र पुरस्कार वितरण समारोह फाल्गुन २३ गते आयोजना गरिनेछ। कथा महोत्सवको इमेल ठेगाना  मा पठाउनु पर्नेछ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत सञ्चालन भइरहेको कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवले कर्णालीलाई विश्व स्तरीय फिल्म पर्यटन गन्तव्य बनाउने लक्ष्य लिएको छ। महोत्सवले जलवायु परिवर्तन र दीगो पर्यटनजस्ता सामाजिक तथा वातावरणीय मुद्दामा समेत ध्यान केन्द्रित गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast