साफ यू १७ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश, भुटान र भारत भिड्दै

हिमाल प्रेस ८ भदौ २०८२ ६:४५
24
SHARES
साफ यू १७ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश, भुटान र भारत भिड्दै

काठमाडौँ- साफ यू १७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ।

नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन्। नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हरायो। बंगलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भयो । पछिल्लो समय बंगलादेशले महिला फुटबलका हरेक उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएको छ ।

अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ।

हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा छ । आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: ८ भदौ २०८२ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast