
काठमाडौँ- कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकलाई पत्रकारमैत्री बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।
शनिबार बिराटनगरमा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार समर्पण कार्यक्रममा सभामुख विष्टले विधेयकबारे उठेको चासो र जिज्ञासालाई मुख्यमन्त्री र सम्बन्धित मन्त्रीसम्म पुर्याउने जिकिर गरे। उनले अग्रजहरुलाई सम्मान र उनीहरुको विचार र सिद्धान्तलाई आत्मसात गर्नसके जीवन सुखमय हुने धारणा पनि राखे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२ वरिष्ठ पत्रकार तिर्थ कोइरालालाई प्रदान गरिएको छ।
सभामुख विष्टले वरिष्ठ पत्रकार कोइरालालाई सम्मान पत्र र नगद राशी प्रदान गरे। पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ।