करेन्ट लगाएर माछा मार्दा झापामा युवकको मृत्यु

हिमाल प्रेस ७ भदौ २०८२ १३:४६
12
SHARES
करेन्ट लगाएर माछा मार्दा झापामा युवकको मृत्यु सांकेतिक तस्बिर

विर्तामोड- झापाको कन्काइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कन्काइ नगरपालिका-१ खहरे खोलामा बस्ने ३७ वर्षीय पंकज माझीले बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाएका हुन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ७ भदौ २०८२ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast