युवाकवि मोतीराम भट्ट : आजकै मितिमा जन्म र मृत्यु भएका साहित्यकारलाई सम्झिँदै

हिमाल प्रेस ७ भदौ २०८२ ६:४०
10
SHARES
युवाकवि मोतीराम भट्ट : आजकै मितिमा जन्म र मृत्यु भएका साहित्यकारलाई सम्झिँदै

काठमाडौँ- राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए।

नेपाली साहित्यको शृंगार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए। यही छापाखानामार्फत् नेपालमा पत्रकारितको सुरुआत् भएको हो।

दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ।

प्रकाशित: ७ भदौ २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast