
काठमाडौँ- प्रहरीले पर्साबाट हुन्डीको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ घुसुकपुर इदगाह चोकबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज २ घुसुकपुर बस्ने ३९ वर्षीय संजय साह र बारा महागढीमाई नगरपालिका–४ बस्ने ४१ वर्षीय शनिकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ।
उनीहरू सबार बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकल चेक गर्दा फल्स सिलिङ बनाएर लुकाएको अवस्थामा १४ लाख १३ हजार ५ सय नगद बरामद भएको प्रहरीले जनाएको छ।
बरामद भएको रकमको स्रोत नखुलाउन नसकेपछि साह र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित: ६ भदौ २०८२ १८:२२
प्रतिक्रिया