कोशी : धर्नामा बसेका पत्रकारहरूमाथि धरपकड

हिमाल प्रेस ६ भदौ २०८२ १७:०५
10
SHARES
कोशी : धर्नामा बसेका पत्रकारहरूमाथि धरपकड

काठमाडौँ– कोशी प्रदेश आमसञ्चारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पत्रकारहरुले कोशी प्रदेशसभाबाहिर धर्ना दिएका छन्।

पत्रकारको अधिकार हनन गर्नेगरी विधेयक ल्याइएको भन्दै उनीहरुले शुक्रबार कोशी प्रदेशसभाबाहिर धर्ना दिएका हुन्।

उनीहरुले ‘प्रेसविरोधी कानून खारेज गर’ भन्दै नारावाजी गरेका थिए। प्रदेशसभा परिसरमा पत्रकारहरुले धर्ना दिएपछि प्रहरीले धकपडक गरेको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा प्रदेशसभा सचिवालयमा धर्ना दिन पुगेका पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको हो। उक्त विधेयकमा प्रसारणमा रोक लगाउनेदेखि समाचार लेखेकै आधारमा ढेड लाख रुपैँयासम्म जरिवाना गर्ने प्रावधान उल्लेख छ।

न्याय, प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले शुक्रबार नै कोशी प्रदेशसभा बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन्। पत्रकारहरुले उक्त प्रावधान सञ्चाउनुपर्ने माग गरेका छन्।

प्रकाशित: ६ भदौ २०८२ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast