आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक प्रतिवेदन पेस हुँदै

हिमाल प्रेस ६ भदौ २०८२ १३:४९
1.1k
SHARES
आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक प्रतिवेदन पेस हुँदै

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको छैटौं अधिवेशनअन्तर्गत शुक्रबारको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदन सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस प्रतिवेदनमार्फत विद्यालय तहमा शिक्षाको पहुँच, गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, छात्रवृत्ति वितरण र निजी तथा सामुदायिक विद्यालयबीचको सन्तुलनजस्ता विषयमा समितिको सुझावहरू पेस हुनेछन्।

 

प्रकाशित: ६ भदौ २०८२ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast