कथित इम्बोस्ड नम्बरका दासहरू

डा. स्वामी केशवानन्द ६ भदौ २०८२ १२:५५ | Friday, August 22, 2025
कथित इम्बोस्ड नम्बरका दासहरू

दिल्लीमा बादल लाग्दा सिंहदरबारमा छाता आढ्ने दासहरू नेपालका सत्तामा छन्। दासानुदासहरूको मूल धेय नै परम पिताको चरण सेवा हो। नेपालको मौलिक भाषा र संस्कृतिमाथि धावा बोलेर विकास, प्रगति र समुन्नतिको राग अलाप्नु उनीहरूको नित्य सङ्कीर्तन हो। नेपालको रैथाने प्रणाली र पद्धतिको तिलाञ्जलि नै नित्य कर्म हो। उनीहरूको यो नित्यकर्म उनका परमपिता साक्षात् प्रकट भएर मुक्ति प्रदान नगरुन्जेल रहिरहन्छ। आज भाषा चढाउने यो एक चरण हो, भोलि नेपाली संवत्, पर्सि ध्वजा अनि बाँकी रहने ढुंगामाटो न हो त्यो त विदेशी वाद र सिद्धान्तको सानो बाढीले नै बगाइदिन्छ र बगाइ पनि रहेको छ।

चिन्ता बूढी मरिन् भन्ने होइन चिन्ता त काल पल्कियो भन्ने हो। त्यसैले सत्तासीन कालहरूलाई उनकै पासोमा नबाँधेसम्म नेपालमा नेपाली भएर बाँच्दा अपराधी भइन्छ।

विदेशका थुप्रै देशले कथित इम्बोस्ड नम्बरमा आफ्नो भाषा अटाएका छन्। हाम्रोमा पनि अट्छ। बुद्धिहीन सरकारी नोकरहरूलाई नेपाली भाषा प्रविधिले पढ्दैन भन्ने लाग्छ भने सत्ताको गाँजाको नशा छोडेर यता आउँदा हुन्छ, हामी पढाएर पठाउन तयार छौँ।

डा. स्वामी केशवानन्दको फेसबुकबाट

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

प्रकाशित: ६ भदौ २०८२ १२:५५ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast