मधेश प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ देखि

हिमाल प्रेस ६ भदौ २०८२ ६:२३
8
SHARES
मधेश प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ देखि

जनकपुर- मधेश प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ गतेदेखि हुने भएको छ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट भदौ ५ गते बसेको प्रदेश सरकारको बैठकको निर्णयअनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका हुन्।

मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०५/०४ गतेको बैठकबाट प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘प्रदेश प्रमुखबाट २०८२/०५/१२ गते बिहीबार दिनको १ बजेदेखि मधेश प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गरेको व्यहोरा जानकारीका लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: ६ भदौ २०८२ ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast