प्रधानमन्त्री ओलीको भारत भ्रमण रोकिँदैन : शंकर पोखरेल

हिमाल प्रेस ५ भदौ २०८२ १८:४५
18
SHARES
प्रधानमन्त्री ओलीको भारत भ्रमण रोकिँदैन : शंकर पोखरेल नेकपा (एमाले) महासचिव शंकर पोखरेल

महोत्तरी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले भर्खरै दुई मित्रराष्ट्र भारत र चीनले नेपालको सहमतिबेगर लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपाली चासोको सम्वेदनशीलतालाई नजरअन्दाज गरेको बताएका छन्।

बर्दिवासमा आज (बिहीबार) प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, ‘हामीले तथ्य र सत्यमा टेकेर महाकाली वारिको भूभाग समेटिएको नक्सा बनाएका हौँ, यो सन् १८१६ को सुगौली सन्धि अनुरुप छ।’ दुवै छिमेकी मित्रराष्ट्रले पछिल्लो सहमतिमा नेपाललाई नखोजे पनि चीन र भारतमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना भ्रमण हाम्रो कारणले नरोकिने महासचिव पोखरेलले स्पष्ट पारे।

‘हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफनो चाहन्छौँ, यस्तो संवादको अवसर सद्भावना भ्रमणमै पाइने हो,’ उनले भने, ‘तसर्थ नेपालको तर्फबाट यो भ्रमण रोक्ने त कुरै छैन।’

लिपुलेक प्रकरणमा नेपालको परराष्ट्र मन्त्रालयले चीन र भारतलाई कूटनीतिक नोट पठाएर आफ्नो असहमति स्पष्ट गरिसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसमा अब दुवै मित्रराष्ट्रले तार्किक निष्कर्ष दिनुपर्ने बताए।

महासचिव पोखरेलले राजनीतिक स्थायित्व र समृद्धि नै आफ्नो दलको मुख्य ध्येय भएको बताए। अहिले पार्टी गतिविधि यसै ध्येयमा केन्द्रित रहेको उनले पारे। बर्दिवासमा आज ‍‍(बिहीबार) प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेका पार्टी गतिविधि यसै ध्येयमा केन्द्रित रहेको स्पष्ट पारे।

महसचिव पोखरेल आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र विधान संशोधनबारे मधेस प्रदेशका अगुवा कार्यकर्ताबीचको छलफलमा सरिक हुन बर्दिवास आएका हुन्। रासस

प्रकाशित: ५ भदौ २०८२ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast