रवि लामिछानेलाई पार्टी प्रमुखबाट बर्खास्त गर्नुपर्छ : एमाले

हिमाल प्रेस ५ भदौ २०८२ १४:२६
34
SHARES
रवि लामिछानेलाई पार्टी प्रमुखबाट बर्खास्त गर्नुपर्छ : एमाले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै एमाले नेता योगेश भट्टराई।

काठमाडौँ- नेकपा एमालेका सचिव योगश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पार्टीको प्रमुखबाट हाटउनुपर्ने बताएका छन्। उनले प्रतिनिधिसभाको बिहीबारको विशेष समयमा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

‘संसद्‌मा निलम्बित सांसद आउन पाउँदैन। त्यो निलम्बित सांसद कसरी पार्टी प्रमुख हुन सक्छ?’ सा‌ंसद भट्टराईले प्रश्न गरे। अदालतकाे छानबिनमा रहेका लामिछाने अभियुक्त रहेको पनि बताए।  भट्टराईले भने, ‘अभियुक्तलाई पार्टीको शिरमा राखेर पार्टीको प्रमुखमा राखेर त्यो पार्टी चल्छ भने त्यसले नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्नुपर्छ।’ उनले सबैभन्दा पहिला पार्टी प्रखुखलाई बर्खास्त गर्नुपर्ने बताए।

उनले रवि लामिछानेका सन्दर्भमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोहोरो चरित्र देखाएको आरोप लगाए।

प्रकाशित: ५ भदौ २०८२ १४:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast