‘ताराहरू’ काे प्रिमियरमा कलाकारले भने- फिल्मले सहरमा बस्नेकाे कथा र मानसिक स्वास्थ्यकाे विषय उठाएकाे छ

हिमाल प्रेस ५ भदौ २०८२ ११:४५
10
SHARES
‘ताराहरू’ काे प्रिमियरमा कलाकारले भने- फिल्मले सहरमा बस्नेकाे कथा र मानसिक स्वास्थ्यकाे विषय उठाएकाे छ

काठमाडौँ- आशान्त शर्माको लेखन र निर्देशनमा बनेको फिल्म ‘ताराहरू’को प्रिमियर गरिएको छ। आइएनआइ सिनेमाज अन्तर्गत काठमाडौँकाे नयाँ बानेश्वरको एनबी सेन्टरमा बुधबार साँझ फिल्मको प्रिमियर गरिएको हो।

पारिवारिक कथामा बनेको फिल्मले सहरमा जीवन व्यथित गर्न कामको लागि भौतारिनु परेको संघर्षदेखि आफ्नो लक्ष्य पूरा गर्ने सपनासम्मलाई पछ्याएको छ।

हाँसो र रोदनले भरिएको कमेडी, पारिवारिक, सामाजिक र मानसिक स्वास्थ्यकाे विषय समेटेकाे अधिकांशकाे प्रतिक्रिया थियो।। थोरै बजेटमा पनि यतिको फिल्म बनाएर दर्शकलाई मनोरञ्जनसहित केही सन्देश दिनु नै फिल्मको सफतला रहेको उनीहरुकाे भनाइ थियाे।

प्रिमियरमा फिल्म निर्माण टिमसहित अभिनेता कर्मा शाक्य, अभिनेत्री निशा अधिकारी, हेना नगरकोटी, कलाकार लुनिभा तुलाधर,इस्टु कार्कीलगायत नाट्यकर्मी कलाकार, साहित्यकार र पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

फिल्मको सकिएलगत्तै कलाकार कर्मा शाक्यले भाइ कुन्दुनलाई अँगालो हालेर कामको प्रशंसा गरे। उनले निर्देशक शर्माले फिल्मलाई जसरी निर्माण गरे त्यसको सराहना गर्दै फिल्मको कथाले आफूलाई एकदमै छोएको बताए ।

फिल्मको सकिएलगत्तै कलाकार कर्मा शाक्यले फिल्म सकिएलगत्तै भाइ कुन्दुनलाई अँगालो हालेर उनको कामको प्रशंसा गरे। उनले निर्देशक शर्माले फिल्मकाे कथाले आफूलाई छोएको बताए।

कलाकार लुनिभा तुलाधरले सामान्य मान्छेको कथालाई सशक्त रुपमा पर्दामा उतारिएको बताइन्। उनले भनिन्, ‘सबैभन्दा मन परेको मेन्टल हेल्थको कुरा गर्छ। त्यसको आवश्यक छ। काठमाडौँजस्तो सहरमा सबै कुरा छिटो भइरहेको छ। इन्टरनेट र मिडियाबाट मानिसहरु यसरी प्रभावित भैरहेका छन् कि त्यसले उनीहरुको मेन्टल हेल्थमा समस्या पारिरहेको छ। सामाजिक सञ्जालमा हेरेर रातारात आफूसँग नभएको इच्छा आकांक्षा राख्छन्, त्यस्तो अवस्थामा यो एकदमै रिलेटेड फिल्म हो। यसले हँसाउँछ र रुवाउँछ पनि।’

हेना नगरकोटीले फिल्मका पात्रका रुपमा आफूलाई पनि काम गर्न मन लागेको बताइन्। ‘आजकल ठूला बजेट र प्रचारप्रसार भएका फिल्महरूले मात्र ध्यान पाउँछन्। तर कहिलेकाहीँ वास्तविक कला यस्ता साधारण तर गहिरो सिर्जनामा पाइन्छ। जसलाई हेर्दा दर्शकको मन छुन्छ,’ उनले भनिन्, ‘यति राम्रो कामलाई अझ धेरै मौका मिल्नुपर्छ भन्ने मेरो प्रबल चाहना हो। यदि दर्शकहरूले तडकभडक, डान्स गाना, हिरोको फाइट मात्र खोज्ने होइन, बरु आफ्नो जीवनलाई ऐनामा हेरेझैँ आत्मनिरीक्षण गर्दै हेर्ने फिल्म रोज्ने हो भने ताराहरु साच्चै उत्कृष्ट फिल्म हो।’

यसैगरी कलाकार इस्टु कार्कीले फिल्म मनछुने रहेको बताइन् । उनले भनिन्, ‘फिल्मले नोस्टाल्जिक बनायो। फिल्मले आफूलाई अगाडि बढ्न मोटिभेट गरेको छ।’

निर्देशनसँगै यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याएको बताए । रंगमञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः फिल्मको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनले बताए।

फिल्ममा किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको छ। ‘ताराहरू’ मा आत्महत्याको मार्गमा हिँडेको एक युवक साथीको साथबाट कसरी जीवन जिउनपर्छ भन्ने स्थितिमा फर्कन्छ भन्ने भाव प्रस्तुत गरिएको छ।

लेखक तथा निर्देशक शर्मा स्वयंको मुख्य अभिनय रहेको फिल्ममा मिरा खड्का, मेनुका प्रधान, आभास अधिकारी, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङ, कबिर काफ्कालगायत कलाकारको अभिनय छ।

फिल्म भदौ ६ अर्थात यहि शुक्रबारबाट देशैभर प्रदर्शन हुँदैछ। फिल्मको टिकट बुकिङ पनि खुलिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast