संखुवासभामा डेंगो नियन्त्रण अभियान

हिमाल प्रेस ५ भदौ २०८२ ११:५८
4
SHARES
संखुवासभामा डेंगो नियन्त्रण अभियान सांकेतिक तस्बिर।

संखुवासभा- डेंगोको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेंगोविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ।

स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा संघसंस्थाहरू सहभागी भएका थिए।

उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई डेंगोका लक्षण र रोकथामबारे जानकारीसहितका पर्चा वितरण गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेंगो हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताए। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौमा ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार एडिस एजिप्टी नामको लामखुट्टेले सफा पानीमा फुल पार्ने बिहान र बेलुका सक्रिय हुने भएकाले घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने मुख्य रोकथामका उपाय भएकोे बताएका छन् । वर्षायाममा अझ बढी सतर्कता अपनाउन उनीहरूले अनुरोध गरेका छन् ।

प्रकाशित: ५ भदौ २०८२ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast