फेरि बढ्यो सुनको भाउ, कति पुग्यो आज?

हिमाल प्रेस ५ भदौ २०८२ ११:०७
10
SHARES
फेरि बढ्यो सुनको भाउ, कति पुग्यो आज?

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा १३०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार सोही सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम थियो।

यसैबिच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

प्रकाशित: ५ भदौ २०८२ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast