बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै

हिमाल प्रेस ५ भदौ २०८२ ९:१७
4
SHARES
बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै

काठमाडौँ- आज भाद्र कृष्ण त्रयोदशी दीपंकर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन् ।

आज दीपंकर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौँको मूल दीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवहीको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ ।

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपंकर बुद्धका प्रतिमालाई बाजागाजा तथा स्तोत्रपाठका साथ नगर परिक्रमा गराइन्छ । केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् ।

प्रकाशित: ५ भदौ २०८२ ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast