
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण आफू अहिलेको अवस्थामा आइपुगेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिसभामा देउवाले जनताले विश्वास गरेका कारण आफू पटक–पटक प्रधानमन्त्री हुन सफल भएको बताएका हुन्।
उहाले पार्टीका सांसदहरु र सबै पार्टीले सहयोग गरेर नै प्रधानमन्त्री भएको जिकिर गरे।
आफू डँडेलधुराबाट चुनाव लड्दा आफूविरुद्ध धेरै पार्टी लागे पनि जनताले आफूलाई नै जिताएको उनले बताए। सभापति देउवाले जनताभन्दा ठूलो केही नभएकाले जनताको सेवामा लाग्न आग्रह गरे।
त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले विद्रोहलाई शान्तिप्रक्रियामा बदल्न सक्ने सामथ्र्य राख्ने दलहरु नेपालमा रहेको भन्दै उनीहरु अयोग्न हुन नसक्ने जिकिर गरे।
उनले कांग्रेसभित्र शेरबहादुर देउवालाई कतिपटक प्रधानमन्त्री भएको भनेर उदेक प्रश्न आउने गरेको धारणा राखे। प्रधानमन्त्री भन्ने पालोको कुरा नभई पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको उनले बताए।
त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनले पुराना दलहरुमाथि प्रश्न उठ्ने गरेको भन्दै अब पार्टी र नेताहरूले आफूलाई समायानुकुल परिस्कृत गर्न सक्नुपर्ने बताए। अहिलेको लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउँदै अघि बढ्न सके मात्रै जनताको विश्वास हासिल गर्न सकिने उनले बताए।
कार्यक्रममा दलका नेताहरुले समाजवादी चिन्तक स्व. प्रदीप गिरीको योगदानको चर्चा गरेका थिए।