
काठमाडौँ- नेपाल शिक्षक महासंघको सातौं पूर्ण बैठकले आन्दोलन गर्ने निर्णय गरेको छ। काठमाडौँको लैनचौरस्थित शान्ति विद्या गृह माविमा मंगलबार र बुधबार (भदाै ३ र ४) दुई दिनसम्म चलेको बैठकले विद्यालय शिक्षा विधेयक, २०८० मा सरकार र महासंघबीचका विगतका सम्झौता नसमेटिएको भन्दै आन्दोलन गर्ने निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भूपाल उप्रेतीले हिमालप्रेससँग भने,‘महासंघको पूर्ण बैठकबाट आन्दोलनमा जाने निर्णय भयो।’
आन्दोलन सुरुवात गर्ने मिति भने महासंघको कार्यालयीय बैठकले टुंगो लगाउने उनले जानकारी दिए।
गत माघ २० गतेदेखि सुरु भई वैशाख १७ गते ९ बुँदे सहमतिपछि स्थगित आन्दोलनको समीक्षा, शिक्षा ऐनको विश्लेषण, आन्दोलनको स्वरूप र तालिका तथा ९ बुँदे सहमतिको कार्यान्वयन अवस्था जस्ता एजेन्डामा बैठक केन्द्रित थियो।
यो पनि
सुझाव दिन शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्दै समिति सदस्यहरू