‘सिटामोल’ ले धेरै रुवायो : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस ४ भदौ २०८२ १३:३३
12
SHARES
‘सिटामोल’ ले धेरै रुवायो : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘सिटामोल’ ले आफूलाई धेरै रुवाएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्। ‘पहिलोपटक यतिधेरै आँसु झर्‍यो। यसैबाट बुझ्नुस् यो फिल्मको उत्कृष्टता।’ फिल्म हेरेर निस्किएपछि उनले मिडियासँग वार्ता गर्दे भने, मैले हेरेको फिल्महरूमध्ये यसलाई उत्कृष्ट मान्छु।’

यस्तो फिल्म विरलै बन्ने भन्दै उनले फिल्मको मुख्य विषयवस्तु, कथानक, कलाकारको अभिनय, गीतसंगीतको प्रस्तुतिलगायतको समग्रता हेर्दा फिल्म उत्कृष्ट लागेको प्रतिक्रिया दिए।

फिल्ममा पूर्व लडाकुको जीवन संघर्षको कथा प्रस्तुत गरिएको छ। पूर्व लडाकुकै बलमा गणतन्त्र आएपनि विभिन्न कारणले त्यसलाई समृद्धिको रुपमा अगाडि बढाउन नसकेको औंल्याउँदै उनले अब नयाँ ढंगले अगाडी बढ्ने योजना बनिरहेको उनले बताए। पहिलेदेखि आफू पनि लेखनमा रूची राख्ने भएकोले उनले फिल्मका निर्देशकलाई विशेष धन्यवाद व्यक्त गरे। ‘फिल्म राम्रो बन्न पहिले पटकथा बलियो हुनुपर्छ। त्यसपछि मात्र कलाकार, गीतसंगीतको पाटो आउँछ,’ उनले भने।

उनले सबै तत्वहरूले उत्कृष्ट फिल्म बन्दा पनि नेपालमा विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न नसकिरहेकाेप्रति असन्तुष्टी जनाए। यस्ता फिल्मलाई राज्यले सहुलियत प्रदान गर्नुपर्ने भन्दै उनले २०४८ सालमा फिल्मको समर्थन गर्नुपर्छ, बाह्य फिल्ममा निगरानी गरिनुपर्छ भनेर आवाज उठाउने पनि आफूहरु नै रहेको बताए।

‘सिटामोल’ का निर्देशक राजबहादुर साने हुन्। फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, बाल कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।

प्रकाशित: ४ भदौ २०८२ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast