
काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार अस्वस्थ भएका छन्। प्रधानमन्त्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि बालुवाटारमै आराम गरिरहेका छन्।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या आएपछि प्रतिनिधिसभामा बुधबारका लागि तोकिएको सांसदसँग प्रश्नोत्तर कार्यक्रम रद्द गरिएको जानकारी दिए। बर्तौलाले भने, ‘प्रधानमन्त्रीज्यू बिरामी हुनुभएको छ। त्यस्तो धेरै समस्या होइन। उहाँ बालुवाटारमा आराम गरिरहनुभएको छ। संसद्मा उहाँसँगको प्रश्नोत्तर कार्यक्रम रद्द गरिएको छ।’
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सामान्य रुघाखोकी लागेकोले प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिहरेका छन्। सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूलाई सामान्य रुघाखाकी लागेको छ। चिकित्सकको सल्लाहमा उहाँ निवासमै आराम गरिरहनुभएको छ।’ प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि तय गरिएको छ।