सुझाव दिन शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्दै समिति सदस्यहरू

हिमाल प्रेस ४ भदौ २०८२ १०:१६ | Wednesday, August 20, 2025
सुझाव दिन शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्दै समिति सदस्यहरू

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्यहरू विद्यालय शिक्षा विधेयक–२०८० को प्रतिवेदन अध्ययन गर्दैछन्। बिहीबार (५ भदौ) बिहान ८ बजे बस्ने समिति बैठकमा सदस्यहरूले प्रतिवेदनमाथि राय सुझाव दिनेछन्।

सोमबारको समिति बैठकमा समितिले निर्णय गरेका विषय समेटेर समिति सचिवालयले तयार पारेको विधेयकको प्रतिवेदन समिति सभापति अम्मरबहादुर थापा, शिक्षामन्त्री रघुजी पन्तसहित समिति सदस्यहरूलाई अध्ययनका लागि दिइएको थियो।

समिति सदस्यहरूलाई प्रतिवेदन अध्ययन गर्न दुई दिन समय दिइएको छ। बिहीबारको बैठकले प्रतिवेदन पारित गरी प्रतिनिधिसभामा पठाउनेछ।

तर विधेयकका केही व्यवस्थाप्रति नेपाल शिक्षक महासंघ, निजी विद्यालय सञ्चालकहरूले भने विरोध गरेका छन्। अहिले विधेयक प्रतिनिधिसभामा पेस गर्ने र विवादित विषयमा सहमति गरेर नियमावलीमा समावेश गर्ने सरकारको तयारी छ।

प्रकाशित: ४ भदौ २०८२ १०:१६ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast