जुवातास खेलिरहेको अवस्थामा १० पक्राउ

हिमाल प्रेस ४ भदौ २०८२ ७:५०
10
SHARES
जुवातास खेलिरहेको अवस्थामा १० पक्राउ फाइल तस्बिर

काठमाडौँ- बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–३, शान्तिपुर बस्ने ६० वर्षीय खीमबहादुर महतको घरमा जुवातास खेलिरहेको अवस्थामा गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ३१५ रूपैयाँ, दुई गड्डी तास र मोबाइल पाँच थानसहित पक्राउ गरेको हो।

घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित: ४ भदौ २०८२ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast