फरार अभियुक्त यूएईबाट पक्राउ

हिमाल प्रेस ३ भदौ २०८२ १३:२१
8
SHARES
फरार अभियुक्त यूएईबाट पक्राउ

काठमाडौँ- मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रुकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन्।

एनसिबी अवुधाबीसँगको समन्वयमा संयुक्त अरब इमिरेट्स (यूएई) मा पक्राउ परेका उनलाई सोमबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

यसैबीच, प्रतिबन्धित लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्। उनीहरू काठमाडौँको तारकेश्वर, डडेलधुराको अमरगढी, बर्दियाको बढैयाताल गाउँपालिका, सोही पालिकाको साघुनघारी र गुलरिया नगरपालिका-६ शान्तिटोलबाट पक्राउ गरिएको हो।

प्रकाशित: ३ भदौ २०८२ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast