दुर्गा प्रसाई राजावादी दलसँग पनि ‘फायर’ लिङ्देनमाथि लगाए ‘गाडी चोर’ आरोप

हिमाल प्रेस ३ भदौ २०८२ ६:४२
10
SHARES
दुर्गा प्रसाई राजावादी दलसँग पनि ‘फायर’ लिङ्देनमाथि लगाए ‘गाडी चोर’ आरोप

काठमाडौँ- दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोर आरोप लगाएका छन्। उनले हिजो पत्रकार सम्मेलनमार्फत लिङ्देनले जीविकोपार्जनका लागि गाडी चोरेको आरोप लगाएका छन् ।

गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरा हानेको समेत आरोप लगाए ।

‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ। अब जीवनमा तिमीले धोका दिन सक्दैनौँ। तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’, उनले भने ।

प्रकाशित: ३ भदौ २०८२ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast