नेप्से परिसूचक बढ्यो

हिमाल प्रेस २ भदौ २०८२ १६:३६
8
SHARES
नेप्से परिसूचक बढ्यो सेयर बजार

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक नौ दशमलव १६ अंकले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो।

आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ मूल्य बराबरको कारोबार भएको छ।

म्युचुअल फन्ड समूह शून्य दशमलव ४९ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। बैंकिङ शून्य दशमलव १७, विकास बैंक शून्य दशमलव ३१, वित्त शून्य दशमलव ०९, होटल तथा पर्यटन शून्य दशमलव २४ र जलविद्युत् समूह शून्य दशमलव ९७ प्रतिशतले बढेको छ।

त्यस्तै, लगानी शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९, लघुवित्त शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार एक दशमलव २९ प्रतिशतले बढेको छ।

आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६ दशमलव १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरे घट्नेमा भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २१ करोड ७४ लाख २८ हजार ८३१ मूल्य बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको ६ लाख २७ हजार १३८ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: २ भदौ २०८२ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast