भक्तपुरमा शिक्षक महासंघ आन्दोलन परिचालन समितिको बैठक, आन्दोलनका मोडालिटी बनाइँदै

हिमाल प्रेस २ भदौ २०८२ १३:३४
1.5k
SHARES
भक्तपुरमा शिक्षक महासंघ आन्दोलन परिचालन समितिको बैठक, आन्दोलनका मोडालिटी बनाइँदै

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलन परिचालन समितिको बैठक सोमबार भक्तपुरको सानोठिमीस्थित महासंघको कार्यालयमा बसेको छ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा बसेको बैठकले आन्दोलनको खाका तयार गरेर भदाै ३ र ४ गते बस्ने महासंघको पूर्ण बैठकमा प्रस्तुत गरिने बताइएको छ। त्यसपछि महासंघको पूर्ण बैठकले आन्दोलनका कार्यक्रमलाई अन्तिम रूप दिनेछ।

शिक्षा विधेयकको विषयमा महासंघ गत माघ २० देखि वैशाख १७ गतेसम्म देशव्यापी रूपमा धर्ना, रिले अनशन, काठमाडौँमा सडक आन्दोलन गरेको थियो। महासंघले सरकारसँग भएका विगतका सहमति र सम्झौताविपरीत शिक्षा ऐन ल्याइए भदौ दोस्रो सातादेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमाथि छलफल गरी प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवेदन समितिबाट पारित गरेर संसद्को चालु अधिवेशनमै प्रतिनिधिसभामा पेस गर्ने समितिको तयारी छ।

आन्दाेलन परिचालन समिति बैठकमा महासंघमा आबद्ध सम्बद्ध सबै घटकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २ भदौ २०८२ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast