विराटनगर पुगेर विद्या भण्डारीले भनिन् : म एमाले नै हुँ

हिमाल प्रेस २ भदौ २०८२ १३:०५
24
SHARES
विराटनगर पुगेर विद्या भण्डारीले भनिन् : म एमाले नै हुँ

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता सम्भव नरहेको बताएकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भण्डारी आफूले नेपालमा वाम एकताको सम्भावना बलियो नदेखेको बताइन् ।

सञ्चारकर्मीले वाम एकताबारे राखेको प्रश्नको जवाफमा भण्डारीले भनिन्, ‘नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन् । सम्भावना नै छैन भनेर भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दिनँ।’

उनले अहिले पनि आफू एमाले नै रहेको दाबी गरिन्। ‘म एमालेकै कार्यकर्ता हुँ। एमालेमै रहन्छु।’ उनले भनिन्।

प्रकाशित: २ भदौ २०८२ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast