आयोगद्वारा अध्यापन अनुमतिपत्रको आवेदन खुला, परीक्षा कात्तिक २२ मा

हिमाल प्रेस २ भदौ २०८२ ११:२१
112
SHARES
आयोगद्वारा अध्यापन अनुमतिपत्रको आवेदन खुला, परीक्षा कात्तिक २२ मा

भक्तपुर- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको विज्ञापनअनुसार इच्छुक उम्मेदवारले तोकिएको न्यूनतम योग्यता पूरा गरी अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन्।

विज्ञापन नम्बर ४३/०८२/८३ अन्तर्गत हुने परीक्षा लिखित (वस्तुगत) प्रकारको हुनेछ। दरखास्त शुल्क एक हजार रुपैयाँ तोकिएको छ भने अन्तिम मिति भदाै २९ राखिएको छ। दोब्बर दस्तुर तिरेर असाेज ५ गतेसम्म आवेदन दिन सकिनेछ।

आयोगका अनुसार उम्मेदवारको उमेर अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ। दरखास्त केवल आयोगको आधिकारिक अनलाइन पोर्टल https://license.tsc.gov.np/ मार्फत मात्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

परीक्षा २०८२ कात्तिक २२ गते दिउँसो १ बजे सञ्चालन हुने आयोगले जनाएको छ। परीक्षा केन्द्र प्रदेश राजधानी रहेको जिल्ला र आयोगले तोकेअनुसार अन्य जिल्लामा तोकिनेछ। विस्तृत जानकारी भने आयोगको वेबसाइटमार्फत पछि प्रकाशित गरिने छ।

आयोगले दरखास्त पेस गर्दा व्यक्तिगत विवरण र आवश्यक कागजातहरू सुनिश्चित गरी मात्र पेस गर्न आग्रह गरेको छ। नतिजा प्रकाशनको समयमा पेस गरिएका प्रमाणपत्रमा फरक देखिएमा दरखास्त स्वतः रद्द गरिने चेतावनीसमेत आयोगले दिएको छ।

यस्तो छ थप सूचनाहरू

प्रकाशित: २ भदौ २०८२ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast