
काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। अघिल्लो कारोबार दिन आइतबार ७०० सय रुपैयाँले घटेको सुन आज ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ८ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ। आज ५ रुपैयाँले बढेर एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २ भदौ २०८२ ११:००
प्रतिक्रिया