बूढानीलकण्ठमा मोटरसाइकल र इस्कुटर ठोक्किँदा २ को मृत्यु, ३ घाइते

हिमाल प्रेस २ भदौ २०८२ ९:३७
2
SHARE
बूढानीलकण्ठमा मोटरसाइकल र इस्कुटर ठोक्किँदा २ को मृत्यु, ३ घाइते

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र इस्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते छन् ।

सोमबार बिहान करिब पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ । प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएको हो ।

दुर्घटनामा दुवै साधनमा सवार पाँचजना घाइते भएका थिए । उनीहरूलाई उपचारका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरहाका २९ वर्षीय भोला थापा र परिचय खुल्न बाँकी रहेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन घाइतेको उपचार जारी छ ।

प्रकाशित: २ भदौ २०८२ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast