
काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले देशका नदीहरूको बहावको सम्भावित सूची सार्वजनिक गरेको छ। ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन दोलखा, सिन्धुपाल्चोक र रुकुम पश्चिममा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने पूर्वानुमान छ। यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।
इलाम, मोरङ, कास्की, लमजुङ र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ। सोमबार बिहानको मापनमा कोशी, नारायणी,बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ। कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: २ भदौ २०८२ ९:१३
प्रतिक्रिया