विपिन जोशीको शीघ्र रिहाइको पहल भइरहेको प्रधानमन्त्रीको दाबी

हिमाल प्रेस २ भदौ २०८२ ७:४४
4
SHARES
विपिन जोशीको शीघ्र रिहाइको पहल भइरहेको प्रधानमन्त्रीको दाबी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार सक्रिय पहलमा जुटिरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग (H.E. Mr. Isaac Herzog) र संसद अध्यक्ष एमिर ओहाना (H.E. Mr. Amir Ohana)सँग भेट गरी विपिनको रिहाइका लागि आग्रह गरेका छन्।

यसअघि प्रधानमन्त्री ओलीले विपिन जोशीको रिहाइका सन्दर्भमा मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सईद हुसैन खालिलसँग गत फागुन २८ गते फोन संवाद गरी ध्यानाकर्षण गराएका थिए।

‘विपिनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ र यसको लागि सबै सम्भावित कूटनीतिक पहलहरू भइरहेको छ,’ प्रधानमन्त्री ओलीले स्पष्ट पारे। उनले परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका विभिन्न नेपाली दूतावासमार्फत हमास र इजरायलबीच चलिरहेको तनावपूर्ण परिस्थितिमा निरन्तर संवाद गरिरहेको जानकारी दिए।

प्रधानमन्त्रीले विपिनको सुरक्षाका लागि समर्थन जनाइरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी, र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गर्दै भने, ‘विपिनका परिवारको साथमा सरकार दृढतापूर्वक उभिएको छ।

सरकारको भनाइले विपिनको रिहाइप्रति थप आशा जगाएको छ भने अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालले आफ्नो नागरिकको सुरक्षाका लागि गरिरहेको पहलप्रति सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

प्रकाशित: २ भदौ २०८२ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast